इन्टरनेटमा एकाएक भाइरल भइन् तरकारी बेच्ने नेपाली चेली, जताततै वाहवाही,अहिलेसम्म १० करोडभन्दा बढि मानिसले हेरिसके

काठमाडौं – सनसनी बन्नका लागि इन्टरनेट एक उत्तम मञ्च हो । प्रत्येक दिन हामी भाइरल स्टोरीबारे पढ्छौं र भाइरल भिडियो सेयर पनि गर्ने गर्छौं । यो मनोरञ्जनको राम्रो स्रोत पनि हो । यसका साथै, इन्टरनेट एउटा यस्तो ठाउँ हो जसले तपाईंको भाग्यलाई फेरिदिन सक्छ र निकै सफल बन्न सहयोग गर्छ ।



हामी के विषयमा कुरा गरिरहेका छौं भनेर सोचमग्न हुनुहुन्छ भने यहाँ निलो आँखा भएका पाकिस्तानी चिया बेच्ने व्यक्तिको सन्दर्भमा कुराकानी गरिरहेका छौं जो एकै दिनमा चर्चित बने । फोटोग्राफर जिया खानले उनको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेपछि उनी एकाएक भाइरल बनेका हुन् । उनी भाइरल बनेपछि उनले अन्तर्राष्ट्रिय मोडलिङ कन्ट्र्याक्टमा समेत साइन गरिसकेका छन् । यसका साथै उनले आफ्ना नीजि सल्लाहकार, टुर अपरेटर र सोसल मिडिया टिम नियुक्त गरेका छन् । अर्सद निकै भाग्यमानी ठहरिए, केही दिन अघिसम्म नसोचेको उचाई उनले हाँसिल गरे ।
निलो आँखा भएका पाकिस्तानका चर्चित चिया बेच्ने व्यक्तिबारे थाहा पाउनै पर्ने १० तथ्य

अब पाकिस्तानी चिया बेच्ने व्यक्तिलाई बिर्सनुहोस्, हामीसँग नेपालकै एक तरकारी बेच्ने महिला छिन् जो इन्टरनेटमा सनसनी बनिसकेकी छिन् ।  विश्वास गर्नुहोस्, उनीसँग एक मोडलमा हुनुपर्ने सम्पूर्ण गुण छन् । उनको फोटोमा विभिन्न मानिसहरुले उनको सुन्दरताको प्रशंसा गरेका छन् । उनको फोटोमा जताततैबाट वाहवाही ओइरिएको छ ।
उनको समाचार नेपाललगायत भारतीय मिडियाले निकै प्राथमिकताका साथ प्रेसित गरेका छन् ।
इन्टरनेटका नयाँ सनसनी बने पाकिस्तानका यी चिया बेच्ने व्यक्ति, सुन्दरीहरु उनीमाथि फिदा

फोटोग्राफर रुपचन्द्र महर्जनले उनका केही तस्बिरहरु खिचे र अनलाइनमा सेयर गरिदिए । सेयर गरेको केही मिनेटभित्रै यो आगोसरी फैलियो । उनी अहिले नै एक मिनी सेलिब्रिटी बनिसकेकी छिन् । केही दिन पछि उनले मोडलिङ गरिरहेको तस्बिर देख्दा छक्क पर्नुपर्दैन । उनको यो तस्बिरलाई अहिलेसम्म १० करोडभन्दा बढि मानिसले हेरिसकेका छन् । उनी Tarkariwali को रुपमा ट्रेन्ड गरिरहेकी छिन् ।

0 comments

Write Down Your Responses

watch video

loading...