नायिका केकी अधिकारीलाई प्रेम प्रस्ताव अस्वीकार गरे एसिड छ्याप्ने धम्की
काठमाडौं, १३ माघ । कलाकार भएपछि फ्यान हुनु स्वभाविक नै हो । चाहे त्यो गायन क्षेत्रको होस् या चलचित्र क्षेत्रकै । कलाकारितामा लागेका हरेकको आ–आफ्ना फ्यान फ्लोइङ हुनेगर्छ । फ्यानको विषयमा धेरै जसो नायिकाहरुमा यसको प्रभाव अलि बढि देखिन्छ ।
पछिल्लो समयकी चर्चित नायिका केकी अधिकारीको फ्यान फ्लोइङ पनि राम्रै छ । सामाजिक सञ्जालमा सक्रिय रहेकी केकीका फ्यानहरु कस्ता छन् त ? उनले एक अन्तर्वार्तामा विभिन्न प्रकारका फ्यानहरु रहेको बताएकी छिन् ।
पत्र पठाउने देखि बिहे गर्छु भन्ने फ्यानहरु रहेको उनले बताएकी छिन् । यसको साथै उनलाई सामाजिक सञ्जालमा एसिड छ्याप्छु भन्ने सम्मको फ्यान रहेको बताएकी छिन् ।
‘एसिड काण्डको बारेमा लेख लेखेको थिएँ । एक जना फ्यानले सुटिङ भएको ठाउँमा जतिबेला पनि आउन सक्छु । माया स्वीकार नगरे एसिड काण्ड तिमीसँग दोहोरिएला’, भनेर कमेन्ट गरेको केकीले बताएकी छिन् ।
0 comments
Write Down Your Responses