रणवीर र ऐश्वर्याको अन्तरङ्ग दृश्यको चर्चा (भिडियोसहित)

रणवीर र ऐश्वर्याको अन्तरङ्ग दृश्यको चर्चा (भिडियोसहित)

हाम्रो देश डट कम – लभ स्टोरी कथामा चलचित्रमा बनाउन माहिर मानिएका निर्देशक करण जोहर निर्देशित चलचित्र ‘ए दिल है मुस्किल’ को टिजर सार्वजनिक भए लगत्तै ऐश्वर्या राय र रणबीर कपुरको अन्तरंग दृष्यको चर्चा सुरु भएको छ । १ मिनेट ३३ सेकेण्डको उक्त टिजरमा ऐश्वर्या, रणबीर र अनुष्का शर्माले मुख्य भुमिका निर्वाह गरेका छन् ।
टिजरमा केहि इमोशनल दृष्य राखिएकाले सामाजिक सञ्जालमा टिजरको चर्चा ब्यापक छ । यसअघि चलचित्रको फष्टलुक सार्वजनिक भएको थियो । टिजर र विभिन्न मिडियामा आएको गसिपकै कारण चलचित्रले थप चर्चा पाएको छ । केही समय अगाडि चलचित्रमा राखिएको इन्टिमेट दृश्यकै कारण बच्चन परिवारमा विवाद भएको मिडियाले उल्लेख गरेको थियो । २८ अक्टुबरमा यो चलचित्र रिजिल हुने भएको छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...