प्रधानमन्त्री दाहालसँग भेटेपछि नेपालका लागि रामदेवले गरे यस्तो घोषणा -
भारतका योग गुरु रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डका सामू नेपालमा ‘पतंजली फूड पार्क’ खोल्ने घोषणा गरेका छन् । चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले रामदेवलाई आइतबार भेटेका थिए ।
प्रधानमन्त्री दाहाल श्रीमती सीता दाहाल र छोरा प्रकाश दाहालसँग आइतबार बिहान हरिद्वार स्थित पतंजली फूड पार्क पुगेका थिए । उनीहरुलाई रामदेव र आचार्य बालकृष्णले स्वागत गरेका थिए ।
भेटघाटको क्रममा प्रचण्डले आफ्नो भारत भ्रमणले दुबै देशबिच रहेको मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने बताए । दुबै देश मिलेर अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पतंजलीजस्तो संस्थान खोलिँदा देशमा समृद्धी आउने बताए । यही मौकामा रामदेवले नेपालमा पतंजली योगपीठ, आचार्यकुलम, पतंजली फूड पार्कको निर्माण गरिनेछ ।
प्रचण्डले आफूहरु भारतबाट निकै उत्साहित भएर फर्किन लागेको जानकारी रामदेवलाई दिए ।

0 comments
Write Down Your Responses