किन बग्छ युवतीको योनीबाट सेतो चिप्लो पानी हेर्नुहोस
डा. विष्णु चापागाईं
असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ । यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ । यस मध्ये यौनसम्पर्कबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन् । पाठेघरको मुखमा संक्रमण हुनुका साथै मस्क्युस ग्लान्ड संक्रमण हुँदा धेरै जसो सेतो पानी सहित विभिन्न रङ्गमा देखिन सक्छ । यिनै पनि संक्रमण हुन् सक्छ । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने मैलो र गन्हाएको पानी बग्ने हुन्छ । योनी धेरै जसो फंगसबाट संक्रमण हुन्छ । प्रोटोजोन भन्ने परजिवीबाट पनि संक्रमण हुन्छ । यस्ता किसिमका संक्रमणले योनीमा अत्यन्त बेचैनी ल्याउछ ।
सबै किसिमका महिलाहरुमा यो समस्या हुन्छ । सेतो पानी बग्नुलाई सामान्य भाषामा सेतोपानी बग्ने भनेपनि यो योनीबाट बग्नृे हुनाले प्रायः सामान्य रुपमा लिइन्छ । महिला जनेन्द्रीय धेरै संक्रमण हुने सम्भावना पनि हुन्छ । कारण महिलाहरु योनीको भागलाई अत्यन्त होशियार किसिमले ढाकिएको हुन्छ र यहाँ धेरै पसिना पनि आउछ । समयमा सफा हुन पाउदैन र संक्रमण तथा सुनिने सम्भावना पनि बढी हुन्छ । महिलाहरु यस्ता समस्या छिटो भन्दैनन् र समयमा उपचार पनि पाउदैनन् । अझै गन्हाउने समस्या भएमा त झन् अरुको नजिक जान पनि डराउने वा लाज मान्ने गर्दछन् । यस्ता कारणले ल्युक्रोहोइया उपचारमा समेत अप्ठरो हुन्छ ।
महिलाहरुले यो समस्याको लागि चिकित्सकलाई परीक्षण पनि गराउनु पर्दछ भने केही आफैं उपचारमा पनि लाग्नुपर्दछ । फलफूलमा केरा, स्याउ, आप त्यस्तै हरियो सागपात खाने, प्रशस्त पानी पिउने, कागती पानीले योनी वरिपरी सफा गर्ने तर गर्भवति महिलाहरुले आफूखुशी धेरै कुराहरु खानुहुँदैन ।
सेतो पानी बढी भएमा निम्न असरहरु देखिन्छ कमजोरी हुने, अल्छि लाग्नु, सेतो पदार्थ योनी वरीपरि देखिनु, ढाड तथा पेटको तल्लो भागमा दुख्ने, गल्ने, कब्जियत हुने, टाउको दुख्ने, योनी चिलाउने, सुनिने तथा बेचैनी हुने, आँखाको तलपट्टि कालो हुने, च्याउरी पर्ने, अपच हुने, कालो हुने, अपच हुने, भोक नलाग्ने, पेट फुल्ने, नराम्रो गन्ध आउने ।
0 comments
Write Down Your Responses