साउदी राजकुमारलाई फाँसी दिनुअघि यस्तो थियो अन्तिम घण्टा, चिच्याएर को-को रोए ?
काठमाडौं, १० कात्तिक । गत मंगलबार फाँसीमा झुण्ड्याइएका साउदी अरेबियाका राजकुमार टुर्की बिन साउद अल–काबिरको अन्तिम समयमा भएका क्रियाकलाप सार्वजनिक भएका छन् ।
साउदीको गल्फ न्युजका अनुसार तीन वर्षअघि आफ्नै साथीको गोली हानी हत्या गरेको आरोप पुष्टि भएपछि राजकुमारलाई फाँसीमा झुण्ड्याइएको हो ।
गल्फ न्युजले सार्वजनिक गरेको राजकुमारको अन्तिम समयमा भएका क्रियाकलापमा फाँसी दिनुभन्दा चार घण्टाअघि परिवारले उनलाई भेटेका थिए । भेटमा परिवारका सदस्यहरुले उनलाई करुणा मिश्रित गुडबाई गर्दै बाहिरिएका थिए । साथै फाँसी दिनै लाग्दा उनका परिवार बाहिरबाट चिच्याएर रोएका थिए ।
फाँसीमा झुण्ड्याउने दिन साउदी सरकारले राजकुमारको परिवारलाई छोरालाई विदाई गर्न बोलाउँदै भनेको थियो- ‘तपाईले छोराको केवल आँसु हेर्न र उनको करुणात्मक स्वर सुन्न मात्र सक्नुहुन्छ ।’
यस्तै राजकुमारका परिवारले मृतकका परिवारलाई अन्तिम समयसम्म पनि ब्लड मनी स्वीकार गर्न आग्रह गरेका थिए । तर, मृतकका परिवारले ब्लड मनी स्वीकार नगरेका कारण राजकुमारलाई फाँसीमा चढाइयो ।
यसैगरी उनलाई फाँसी दिनुभन्दा अघि कुरान पढ्न दिइएको थियो । कुरान पढेपछि स्वर्गमा पुग्ने विश्वास मुस्लिम समुदायमा गरिन्छ । राजकुमारलाई ७ बजे कुरान पढ्न लगाएको र ११ बजे फाँसीमा चढाइएको गल्फ न्युजले उल्लेख गरेको छ ।
साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिइन्छ । यसवर्ष फाँसीको सजाय पाउने राजकुमार अल–काबिर १३४ औं व्यक्ति हुन् ।
0 comments
Write Down Your Responses