पैसा साट्न लाइनमा बसेकी युवतीले अचानक कपडा उतारेपछि….
एजेन्सी
स्रोतका अनुसार त्यहाँ उपस्थित पुलिसले युवतीलाई बैंक भित्र लगेर सम्झाइन् र १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो ।
एक प्रत्यक्षदर्शीका अनुसार आइतबार दिउँसो युवती एक्सिस बैंकमा पैसा साट्नका लागि लाइनमा बसेकी थिइन् । लाइन निकै लामो थियो र त्यहाँ मानिसहरुको ठेलाठेलको स्थित थियो । यसैबिच उनले अचानक आफ्नो माथिपट्टीको लुगा खोलिदिइन् जसका कारण मानिसहरुबिच सन्नाटा छायो । महिला पुलिसले उनलाई तत्काल लुगा लगाउन आग्रह गरेपछि उनलाई १० मिनेटभित्र पैसा साटेर त्यहाँबाट पठाइयो ।
updateयस विषयमा पुलिसले भिन्न बयान दिइरहेको स्रोतले दाबी गरेको छ । गाजीपुर थानाका एसएचओ अशोक कुमारले स्रोतसँग पहिलो पटक कुरा गर्दा कपडा उतार्ने महिला नभई एक समलिङ्गी भएको बताएका थिए । पछि उनले जुन घटना भएको स्थान नै गलत बताए ।
भारतले ५ सय र हजाररुपैयाँ प्रतिबन्ध गरेपछि मानिसहरुले आफूसँग भएको पैसा साट्न विभिन्न बैंकमा घण्टौं लाइन बस्ने गरेका छन् ।
0 comments
Write Down Your Responses