नहरको निर्माण रोकिदिएपछि आमनेसामने भारत र चीनका सेना
चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ ।चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत-तिब्बत सीमा पुलिस पुगेको छ । उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने-सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो ।द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीयपक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।

0 comments
Write Down Your Responses