७ जनासंग यौनजन्य क्रियाकलाप गर्दागर्दै कतारकी राजकुमारी पक्राउ
एजेन्सी, ७ भाद्र । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटेलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगे हात पक्राउ परेकी छिन् ।
ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई रंगे हात भेटेको जनाईएको छ।
राजकुमारीले आफ्नो उदेश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् । तर सुरक्षाकर्मिले आपराधिक आरोप लागेका व्यक्तिहरुसंग शारीरिक संबंध राख्नु गैरकानूनी भएको बताएका छन् ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केहि संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । राजकुमारीले गैर कानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।
राजकुमारी पूर्व प्रधानमंत्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् । राजकुमारीले मध्यस्थमार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यस वापत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटना बारे कतारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
0 comments
Write Down Your Responses