भैरहवामा यसरी दुर्घटना भयो यती एयरलाइन्सको विमान हेर्नुस भिडियो सहित
भैरहवा, ८ असोज । काठमाडौंबाट ५ बजेर १५ मिनेट जाँदा भैरहवाको लागि उडेको यती एयरलाइन्सको जहाज आज सांझ भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा दुघर्टना भएको छ । यतीको ९ एन ए आइबी जहाजमा ३ जना चालकदल र २९ जना यात्रुसहित ३२ जना सवार रहेका थिए । जहाज अवरतण गर्ने क्रममा रन वे भन्दा करिब एक सय मिटर दक्षिणतर्फ गएको थियो ।
जहाजमा रहेका सबै यात्रु सामान्य घाइते भएका छन् । जहाजको इन्जिनमा खराबी आएकोले दुघर्टना भएको सोही जहाजमा आएका यात्रु इन्द्र काफ्लेले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसमा प्रमुख समेत रहेका काफ्लेले अवतरण गर्ने क्रममा एकैचोटी दुर्घटना भएको जनाए । दुर्घटनामा काफ्लेसहित धेरै यात्रुको हात खुट्टामा सामान्य चोट लागेको छ ।
0 comments
Write Down Your Responses