दुबै मृगौला फेल भएकी खिनामाया कुरुम्फङको उपचारको लागी आर्थीक सहयोग जुट्दै....

दुबै मृगौला फेल भएकी खिनामाया कुरुम्फङको उपचारको लागी आर्थीक सहयोग जुट्दै




तेह्रथुम १६, भाद्र  / तेह्रथुम जिल्लाको छथर फाक्चामारा ४ परेवाखोपका दुबै मृगौला फेल भएकी खिनामाया कुरुम्फङको उपचारको लागी आर्थीक सहयोग जुट्न थालेको छ । २२ बर्षिया खिनामाया कुरुम्फङको दुबै मृगौला फेल भएको समाचार बिभीन्न सञ्चार माध्यममा आए सँगै उपचारको लागी सहयोग जुट्न थालेको हो ।

उनको उपचारको लागी सम्दु ४ तेह्रथुम घर भई हाल भारतको गोरपुुरमा कार्यरत सुमिना चोङबाङको बुबा बित्नु भउको १ महिना २१ दिन भएको र आज बुबाको मुख हृर्ने दिन भएको अबसरमा ९ हजार सहयोग गर्नु भएको उहाँले बताउनु भयो । उहाँ सँगै सर्लाही निकाी डम्बर कुमार प्रधानले पनि बुबाको मुख हेर्ने दिनकै अबसर पारी बुबा नेत्र बहादुर प्रधानको सम्झनामा ९ हजार सहयोग गर्नू भएको छ ।

त्यस्तै पन्चकन्या ७ तेह्रथुम निबासी हाल कुबेतमा रहनु भएका भक्त पाघारीले १० हजार र तेह्रथुमको सोल्मामा जन्मीएर हाल अष्ट्र«ेलियामा कर्मथलो बनाउँदै आउनु भएका राधिका पोख्रेले सहयोग गर्नु भएको छ । खिनामाया अहिले उपचारको पर्खाईमा धरानको घोपा क्याममा रहनु भएको छ । खिनामायाको उपचारको लागी अहिले स्थानिय स्तरदेखी प्रबासका १ दर्जन मुलुकमा रहेका प्रबासीहरुले खिनामाया बचाउ अभीयानको रुपमा रकम संकलन लार्य तिब्र रुपमा संचालन भई रहेको प्रबासीहरुबाट जानकारी प्राप्त भएको छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...