भारत-पाकिस्तान परमाणु युद्ध भिडियो हेर्नुहोस 
भारत र पाकिस्तानबीच अहिले तनाव चुलिएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीब्र दबाबमा छन् । दुई देशबीच परमाणु युद्ध हुने पनि खतरा बढेको छ । यदि परमाणु युद्ध भयो भने कसलाई कति क्षति होला ? भारत र पाकिस्तान दुबै परमाणु हतियार सम्पन्न देश हुन् । भारतले यस पटक पाकिस्तानको परमाणु हतियारकै कारण आक्रमण गर्न सकिरहेको छैन । अन्य सैन्य शक्तिमा केही सानो भएपनि पाकिस्तान परमाणु हतियारमा भारतभन्दा शक्तिशाली छ ।
पाकिस्तानसँग भारतसँग भन्दा धेरै परमाणु बम
भारतसँग अहिले करिब ११० देखि १२० वटा परमाणु बम रहेको छ। तर पाकिस्तानसँग भने १२० देखि १३० वटा परमाणु बम रहेका छन् । यदि भारत र पाकिस्तानबीच परमाणु युद्ध भयो भने केबल दुई देशका लागि मात्रै होइन, विश्वकै लागि विनाशकारी हुनेछ ।
परमाणु युद्ध भए मारिनेछन् २ करोड मानिस
अमेरिकी संस्था इन्टरनेशनल फिजिसियन्स फर द प्रिभेन्स अफ न्युक्लियर वारको रिपोर्टका अनुसार यदि भारत-पाकबीच परमाणु युद्ध भएमा कम्तिमा पनि २ करोड मानिसले ज्यान गुमाउनेछन् । दुई अर्ब मानिसले भोकमरीको सामना गर्नुपर्नेछ । विश्वको आधा भन्दा धेरै ओजोन पनि सकिनेछ । यसका अलावा विश्वभरको मनसुनमा धेरै असर पर्नेछ भने खेति पनि बर्बाद हुनेछ ।
पाकिस्तानले परमाणु बम हानेमा भारलाई के हुनेछ?
imagesपरमाणु बम हान्नका लागि पाकिस्तानसँग छोटो दुरीका नस्र, हत्फ, गजनवी र अब्दाली मिसाइ रहेका छन् । जसको मारक क्षमता ६० किलोमिटरदेखि ३२० किलोमिटरसम्म रहेको छ। पाक्स्तिानसँग मध्यम दुरीका गौरी र शाहिन मिसाइल पनि रहेका छन् । यिनको मारक क्षमता ९०० किलोमिटरदेखि २७०० किलोमिटरसम्म रहेका छन् । यी मिसाइलबाट भारतका दिल्ली, जयपुर, अहमदाबाद, मुम्बई, पुणे, नागपुर, भोपाल, लखनऊ र कोलकातामा पाकिस्तानले सजिलै परमाणु बम हान्न सक्नेछ ।
479661345भारतले परमाणु बम हानेमा पाकिस्तानलाई के हुनेछ ?
भारतसँग कम दुरीको पृथ्वी मिसाइल छ । जसको मारक क्षमता १५० देखि ६०० किलोमिट रहेको छ । भारतसँगत मध्यम दुरीको अग्नि मिसाइ पनि छ । यिनको मारक क्षमता ७०० देखि ८ हजार किलोमिटरसम्म रहेको छ। यी भारतीय मिसाइलले पाकिस्तान ठूला सहरहरुमा क्षति गराउन सक्नेछन् । यिन मिसाइलबाट भारतले हमला गर्दा इस्लामाबाद, रावलपिन्डी, कराँची, नवशेरा, लाहौर जस्ता ठूला शहरमा क्षति हुनेछ । अर्थात, परमाणु लडाइँले दुबै देशमा हुने क्षतिको कल्पना गर्नै सकिन्न ।
भारत-पाकका सेनासँग कति छन् परमाणु बम पाकिस्तान एयरफोर्ससँग करिब ३६ न्यूक्लियर वार हेड्स रहेका छन् । यिनलाई एफ १६ र मिराज लडाकु विमानबाट झार्न सकिनेछ । जबकि भारतीय एयरफोर्ससँग ४८ न्यूक्लियर वार हेड्स छन् । यिनलाई सुखोई, ज्यागुआर र मिराज लडाकु विमानबाट हान्न सकिन्छ ।मिसाइलमा पाकिस्तानसँग करिब ८६ परमाणु बम रहेका छन् । अर्कातिर भारतसँग मिासाइलमा ५६ परमाणु बम रहेका छन् । पाकिस्तानी नेभीका क्रुज मिसाइलमा ८ परमाणु बम रहेका छन् । भारतीय नेभीसँग जहाज र पनडुब्बीमा १४ परमाणु बम रहेका छन् ।
0 comments
Write Down Your Responses