प्रेमिकाको इच्छा पुरा गर्न यस्तोसम्म गरेपछि…
प्रेममा मान्छे पूर्ण रुपमा अन्धो हुन्छ भन्ने कुरा यो घटनाबाट प्रष्ट हुन्छ ।
यूपीको चन्दौलीस्थित मुहम्मदपुर पुरवा गाउँमा प्रेमिकाको इच्छा पूरा गर्नका लागि एक युवकले आफ्नै भाईको घाटी थितेर हत्या गरेका छन् । यो कार्यमा प्रेमिकाले पनि सहयोग गरेकी छिन् ।
प्रेमिकाले आफ्ना प्रेमीलाई तीन विघा जग्गा भाईलाई पनि हिस्सा लगाउनुपर्ने र भाईलाई मारे पूरै हाम्रो हुने भनेपछि प्रेमिकाको इच्छा पुरा गर्न प्रेमीले आफ्नै भाईको हत्या गरेको प्रहरीले जनाएको घटनापछि आरोपी र उनकी प्रेमिकालाई पक्राउ गरेर जेल पठाएको छ ।
रामप्रकाश बिन्दका ११ वर्षीय छोरा लालू प्रीतमपुर प्राथमिक विद्यालयमा कक्षा चारमा पढ्थे । परिवारजनका अनुसार आइतबार बेलुका पाँच बजे घरबाट बाहिरिएका उनी फर्किएनन् । रातभरी खोजी गर्दा पत्ता लागेन् ।
दोस्रो दिन सोमवार बेलुका खेतमा लालूको शव भेटियो । उनको डोरीले गला घोटेर हत्या गरिएको थियो । घटनाको सूचना पाएपछि एएसपी जियालाल, चन्दौली कोतवाली प्रभारी साजिद सिद्दीकी र थानाध्यक्ष रामप्रकट यादव त्यहाँ पुगे ।
रामप्रकाशले आफ्ना १८ वर्षीय जेठो छोरा सन्दिपमाथि हत्याको शंका गर्दै प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले सन्दिप र एक महिलासँग सोधपुछ गर्यो । सन्दीपले महिलासँग मिलेर हत्या गरेको आरोप स्वीकार गरे ।
प्रहरी अनुसन्धान अनुसार सन्दिप ति महिलासँग विहे गर्न चाहन्थे तर, ती महिलाले जमिनको हिस्सदार आफ्ना भाईलाई मारेपछि मात्रै विहे गर्ने अडान राखिन् । त्यसपछि सन्दिपले आइतबार राति भाईलाई चकलेट खान बोलाएर खेतमा घाटी थिचेर हत्या गरे ।
घटनामा प्रेम सम्बन्धका कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी जियालालले बताएका छन् ।
0 comments
Write Down Your Responses