गृहमन्त्रि निधि नेपाल आमाको सच्चा पुत्र हैन रैछन

पोहोर थारु आन्दोलनको नाउँमा आतंककारीहरुले कैलालीको टीकापुरमा आतंक मच्चाए । निहत्था प्रहरी देखि निर्दोष बालकको समेत अति क्रुर तरिकाले हत्या गरे । यस्तो घटना देख्दा देस र जनता दुख्यो तर बिदेसी ताबेदारहरुको हृदय दुखेन किनभने बिदेसिको रिमोटरुपी पुत्लामा न दिल हुन्छ न त आत्मानै ।



देस तथा समाजका दुस्मनको लागी लड्ने नेपाल प्रहरीहरु अपराधीमाथी कारबाही नहुँदा खिन्न भए । नेपालका प्रहरीहरु बाहिर देसबाट ल्याइएका भाडाका सिपाही थिएनन । आफ्नै देसको नागरिक थिए । टिकापुर घटनाका मुख्य फरार आतंककारिको नाईकेले सिना तानेर देसका प्रधानमन्त्री संग बिदेसी भूमि दिल्लीमा भेट गरेको तस्बिरलाई मिडियाले छाप्यो । नेपालको प्रहरीहरुले बिबसतापुर्वक तुरुक्क आँसु झारे । त्यो बाहेक अरु के नै गर्न सक्थे ।

हिंसाको काम कारबाही गरि देस तथा समाजमा आतंक फैलाउने/मच्चाउने ब्यक्तिलाई आतंककारी भनिन्छ भने जमातलाई संस्था । त्यस्ता बुक्ति वा जत्थारुपी आतंककारी संग झुक्नु हुन्न । आतंककारीहरुलाई कानूनको कठघरामा उभ्याउनु पर्छ भनेर सम्मानित अदालतले दिएको आदेस, अनि आफैले हाँकेको गृह मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुको सल्लाह देखि सारा प्रहरीहरुले गरेको अनुनय लाई लत्याएर गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर देखि मधेस आन्दोलनको नाउँमा भएको तराईका विभिन्न जिल्लाहरुमा हिंसात्मक उपद्रो मच्चाउने आतंककारी अपराधीहरु माथि मुद्धा नचलाएर सफाई दिने निर्णय गरे जुन अक्षम्य छ । अब न्याय मुर्तिले यो बिषयमा ठिक/बेठिक के भन्लान त्यो हेर्न समय कुर्नुको सिवाय अर्को बिकल्प देखिदैन ।



वर्तमान उप-प्रधान तथा गृहमन्त्री निधिको जन्मथलो नेपाल भारत सिमा नजिकैको नगराईन गाउँमा हो । नगराईन गाउँ जनकपुर अन्चल धनुषा जिल्ला सदरमुकाम जनकपुरको दक्षिणी क्षेत्रमा पर्दछ । नगराईन मात्र नभएर तराईको सप्तरी देखि सर्लाही जिल्लाका सबै तराईबासी नागरिकहरुले हिन्दि हैन मैथिली बोल्छन भने सिमा पारिका बिहार राज्यको मधुबनी जिल्ला देखि पुर्वान्चल सहरसा समेत मैथिल क्षेत्र ईलाका हो र त्याहा पनि भारतको रास्ट्र भाषा हिन्दि हैन मैथिली नै बोलिन्छ । मैथिली भाषाको चर्चित विद्वान बिधापति उपर सम्मान गर्दै जनकपुरको साबिक मुरलीचोकको नाम बदलेर त्याहा बिधापतिको सालिक समेत राखिएको छ भने हाल मुरली चोकलाई बिधापति चोक भनेर भन्ने गरिन्छ । नेता तथा मन्त्रि निधि जनकपुर आएको खण्डमा गाउँ जाने बेलामा अनिवार्यरुपमा बिधापतिको सालिकलाई घुमेर जानु पर्ने बाध्यता पनि छ ।

    नेपालको परम छिमेकी भनेर नाक फुलाउने देखि आफुलाई बडाभाई भनेर हक जमाउने छिमेकी भारतको बिहार राज्यका नेताहरुले चुनावको समयमा भाषण गर्ने बेलामा देखि सरकारी कामकाजको बेलामा मात्र हिन्दि भाषा बोल्छन भने अन्य समयमा स्थानीय भोजपुरी, मैथिली, अबधि जस्ता स्थानीय भाषाहरु बोल्न रुचाउछन । बिहारका पुर्ब मुख्य मन्त्रि लालु यादबको श्रीमती राबड़ी देबी मुख्य मन्त्रि हुँदा हिन्दीमा हैन भोजपुरीमा बोल्थिन ।

हिन्दि भाषा भारतको रास्ट्रीय भाषा भएता पनि दिल्ली, बिहार, उत्तर प्रदेस, मध्य प्रदेस तथा पश्चिम बंगालका केहि स्थानहरुमा मात्र सिमित ब्यक्तिहरुले बोल्ने भाषा हो । भारतका आर्थिक तथा सिने  नगरी महारास्ट्र अर्थात मुम्बईमा हिन्दि हैन मराठी भाषाको बोलबाला छ भने भारतको कुनै समयको आर्थिक राजधानी कलकत्तामा बंगाली भाषा बोलिन्छ ! पंजाव राज्यमा पन्जाबी, दक्षिण भारतमा तामिल, मलयालम देखि कन्नड भाषा बोलिन्छ ।

त्यस्तै भारतको पुर्बोत्तर राज्य आसाममा आसामी, मणिपुरमा मणिपुरी जस्ता भाषा बोलिन्छ भने पश्चिममा गढ़वाली अर्थात प्रत्येक राज्यहरुमा स्थान अनुसारको भाषाहरु बोलिन्छन । भारतको दंगाग्रस्त राज्य जम्मु कास्मिरको कास्मिर इलाकामा भारत र भारतको रास्ट्रिय भाषा हिन्दिको नाम पनि लिन र सुन्न चाहदैनन ।

नेपालकै सिमा जोडिएका सबै राज्यमा हिन्दी हैन स्थानीय भाषा बोलिन्छ । ति भाषाहरुमा ताजपुरिया, मैथिली, भोजपुरी, अबधि देखि थारु, गढ़वाली जस्ता स्थानीय भाषा हुन भने गृहमन्त्री निधिले के कुन आधारमा नेपालमा हिन्दि भाषा चाहिन्छ भनेर नेपालमा जबर्जस्ति हिन्दि भाषा लादन खोज्दैछन ?

आफ्नै मातृभाषा मैथिलीलाई बिर्सेर अप्रिय कदम चाल्न खोज्ने निधिको अहिलेको कदम भनेको आमाको दुध  चुस्न नपुगेर बाउको घुंडा चुस्न गएको जस्तो देखिन्छ । मैथिली क्षेत्रका सच्चा प्रजातन्त्रबादी कांग्रेसी नेता भनेर चिनिएको आदरणीय स्व.नेता महेन्द्र नारायण निधिको पुत्र बिमलेन्द्र निधि आफ्नै मातृ भाषा मैथिली माथि अन्याय गर्दै यति तल ओर्लेर देस र जनता प्रति घात गर्लान भनेर कसैले पनि सोचेका थिएनन । अब मथिली भाषाका विद्वान बिधापतिका सन्तान देखि समर्थकहरुले निधि जय जय भन्लान कि नभन्लान त्यो हेर्न र सुन्न समयलाई नै कुर्नु पर्ने हुन्छ ।

कांग्रेसका सभापति सेर बहादुर देउवाका दाहिने हात भनेर चिनिएका नेता उप-प्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले समयमै रास्ट्र तथा जनता बिरोधि निर्णयहरु सच्यायेनन भने निधि जस्ता उदयमान नेताको राजनैतिक भबिस्य समाप्त नहोला भनेर भन्न सकिन्न । बडो दुख कस्टले जनतामाझ लोकप्रिय बन्न पुगेका आफ्ना स्व.पिताको लोकप्रियतालाई माटोमा मिलाउछ्न कि गल्ति सच्याउछन त्यो देख्न हेर्न र सुन्न समयलाई कुर्नु बाहेक अर्को बिकल्प छैन ।

भगवान पशुपतिनाथ तथा माता जानकीले निधिलाई सदबुद्धि प्रदान गरुन ।
Source-ekoshi

,

0 comments

Write Down Your Responses

watch video

loading...