featured,
National News
»
प्रचण्डले जानकारी गराएपछि गगन थापाले लिए तत्काल एक्सन, तीन करोड जनताका लागि खुसीको खबर
प्रचण्डले जानकारी गराएपछि गगन थापाले लिए तत्काल एक्सन, तीन करोड जनताका लागि खुसीको खबर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसद्को भदौ २३ गतेको बैठकमा सात प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने जानकारी दिएको एक हप्ता नपुग्दै स्वास्थ्यमन्त्री गगन थापाले एक्सन
लिएका छन् । स्वास्थ्यमन्त्री थापाको निर्देशनमा मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको हो । यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो । सो अवसरमा प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र डा केसी र सरकारबीच भएका सम्झौतालाई पूरा गर्न निर्देशन दिएका थिए ।
0 comments
Write Down Your Responses