OMG नेपालमा पनि यस्तो घटना..तान्त्रिकले मागे १६ वर्षे युवतीलाइ बलि चडाउन थाले मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

OMG नेपालमा पनि यस्तो घटना..तान्त्रिकले मागे १६ वर्षे युवतीलाइ बलि चडाउन थाले मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला


काठमाडौं–मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।

स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् । प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरीसमेत बरामद गरेको छ ।

उक्त पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए । पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन् । गत वर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको थियो । ‘उनीहरूले पहिले ससुरासँग लिने गरेको भन्दै मोलसमेत आफैंले तोकेर सीतासँग खप्पर किनेको बयान दिएका छन्,’ ब्युरोका अधिकारीले भने ।

तान्त्रिकको अपत्यारिलो कथा र आश्वासनका पछि दौडँदा अन्जानमै मानव बलिजस्तो जघन्य अपराधले प्रश्रय पाउन लागेको प्रहरीले जनाएको छ । स्वयम्भू घटनामा पक्राउ परेका पहरीले विभिन्न चामत्कारिक कथा, किताब र तस्बिर देखाई आठ जनालाई मानव बलिका लागि तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी नवराज सिलवालले उनीहरू आफूलाई तान्त्रिक भन्ने ठगको विश्वासमा परेर बलिजस्तो जघन्य अपराधका लागि सहमत भएको बयानमा खुलेको बताए । मानव खप्पर जगाएर आफूसँग राखे धनप्राप्ति हुने, सोचेको पुग्ने भ्रममा पर्दा सबैले कारागार पुग्नुपरेको उनको भनाइ छ ।

‘पहरीले मनग्य धनप्राप्ति हुने भन्दै केही व्यक्तिका कथा सुनाए, केही किताब र तस्बिर देखाए, त्यसैले भ्रममा पार्दै एकपछि अर्को घटनामा सहभागी बनाउँदै लगे,’ डिआइजी सिलवालले भने, ‘यो घटनाले काठमाडौंको समाजलाई नराम्ररी झस्काएको छ ।’

पहरीको टोलीले मानव बलि दिने तयारी गरेको यही घटना पहिलो हुन नसक्ने ब्युरोको आशंका छ । मुख्य अभियुक्त पहरीसहितको बयानका आधारमा थप व्यक्ति र स्थानको अनुसन्धानमा जुटेको प्रहरी स्वयम्भू घटना र जिल्लाका अन्य घटनाबीच तालमेल हुन सक्ने सम्भावनातर्फ केन्द्रित छ ।
पक्राउ परेका आठमध्ये मुख्य तीन आरोपी पहरी, ओमकार शाह र भोजबहादुर थापाको बयानका आधारमा ब्युरो टोलीले बाँकी घटना पछ्याइरहेको हो । ‘पक्राउ परेका ओमकार पहिलेदेखि तान्त्रिक विद्याका भक्त भएको, पहरी लामो समयदेखि काठमाडौंमा बस्दै आएकाले अन्यत्र पनि यस्ता घटना गराएका हुन सक्छन्, हामी खोज्दै छौं,’ ब्युरोका एक अधिकारीले भने ।

बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए ।

‘तीन जनालाई ल्याएको बताएका थिए, को हुन् भन्दा नामठेगाना खुलाउन सकेनन्, सुरुमा ५१ दिनसम्म पूजा गर्ने भनिए पनि खर्च धान्न नसक्ने भएपछि ७ दिनमा सिध्याउने सहमति रहेछ,’ ब्युरोका प्रहरी निरीक्षक रुगम कुँवरले भने । उनका अनुसार पहरीले अप्ठ्यारोमा परेका र टुनामुनाजस्ता अन्धविश्वास राख्ने व्यक्तिलाई आफ्नो वशमा पार्दै आएका थिए ।

,

0 comments

Write Down Your Responses

watch video

loading...