Omgरोनाल्डाको प्लेन बार्सिलोनामा दुर्घटना

रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ ।विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना भएको हो। उक्त समयमा विमानमा रोनाल्डो भने थिएनन्। प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए।


१५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सोमबार अवतरणका क्रममा ल्याडिङ गियरमा केही समस्या आएको थियो। दुर्घटनामा प्लेनका पाइलटलाई सामान्य चोट लागेको छ। तर, कसैको अवस्था पनि गम्भीर नभएको समाचारमा जनाइएको छ।

,

0 comments

Write Down Your Responses

watch video

loading...