मनीषाको भारतीय नम्बरको गाडिले ठक्कर दिदा मृत्यु


विराटनगर १४ असोज । कोसी राजमार्ग अन्तर्गत विराटनगर–३ मा भारतीय नम्बरको गाडिले ठक्कर दिदा एक नेपालीको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको एन एल ०१ जी ००१३७ नम्बरको लहरीले को ७ प ४५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार मोरङको कोसीहरैंचा नगरपालिका ३ की ३५ वर्षीय मनिषा बस्नेतको मृत्यु भएको हो ।


मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मनिषाका पति शुक्र बस्नेत सामान्य घाइते भएका छन् । दशैंका लागि सामान खरिद गरेर भारतको जोगवनीबाट फर्कदै गर्दा बस्नेत दम्पत्ती दुर्घटनामा परेको शिवाकोटीले बताए ।


प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लहरीले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मनिषा लहरीको बीचको चक्कामुनि परेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको हो । अन्नपूर्ण पोस्ट बाट

,

0 comments

Write Down Your Responses

watch video

loading...