जिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार: जानकारीको सक्दो share गर्नुहोस

जिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार: जानकारीको सक्दो share गर्नुहोसजिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार: पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण शर्मा घिमिरेले जोयालाई फिलिपिन्स पठाउन आदर्श गृहले ठुलो र महान काम गरेको बताउदै त्यसका लागि धन्यवाद दिएको छ । जोया र जिबनको घटना सम्बन्धि कुरा राख्दै अधिकारीले भन्नु भएको छ- "विहे दर्ता तथा बच्चाको जन्मदर्ताका अत्यान्त धेरै प्रयास गरेको, तर हाम्रो कानूनी जटिलताकै कारण यो कागजात बन्न सकेन । हाम्रो नेपालको कानूनअनुसार विहे दर्ता गर्न महिला र पुरुष दुवैको मञ्जुरी आबश्यक हुन्छ । जोया र जिबनको घटनामा जोयाको मात्र विबहा दर्ताको लागि जोड भयो, जीवनको भएन । अब प्रश्न उठ्छ जोयालाई उद्दार गर्ने अनि पीडक जीवनलाई कारबाही किन नगर्ने ? अनि सामाजिक सञ्जालमा गरिएका अनर्गल प्रचारका लागि कारबाही प्रक्रियाको कुरा पनि आएका छन् । त्यसका लागि प्रशासन सचेत छ । तपाईंहरु एउटा जाहेरी ल्याउनुहोस् हामी कारबाही गर्छौं ।"

यहा गम्भीर प्रश्न उठेको छ- जिबन-जोया काण्डमा उनीहरुमाथि गम्भीर अपराध र अन्याय गरेको पुस्टि हुदै गर्दा सहायक प्रमुख जिल्ला अधिकारीले यी प्रश्न को उत्तर पनि अधिकारीबाट प्रस्ट पार्नुपर्ने देखिन्छ- जिबनको नागरकिता थियो कि थिएन ? बसाईसराईको कागजात थियो कि थिएन ? जिबनको बाबा-आमाको नागरिकता थियोकी थिएन ? किन के कारणले २८/२८ दिन जिबनलाई हिरासतमा राखियो ? के जिल्ला प्रससान नगरपालिका भन्दा सानो हो ? त्यत्रो साक्षी प्रमाण हुदा हुदै के कारणले नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता दिएन ? अझै पनि जिबनको पासपोर्ट, नागारिकता, जिबनको आमा-बुबाको नागरिकता त्यिही आदर्श गृह संस्थामा रहेको छ । अब यसभन्दा बढी प्रमाणहरु केके चाहिन्छ ति कागजात बनाउन ? त्यहि प्रससान त्यही प्रहरी कार्यलयको आडमा आदर्श गृहले जिबनमाथि गम्भीर र हुदै नभएको आरोप लगाउदा विश्वभर रहेको लाखौँ नेपालीहरुको ईज्जतमाथि किन खेलवाड गरियो ? के चितवनको जिल्ला प्रसासन हुदैमा नेपालको बुहारी, नेपालको सन्तानलाई बेबारिसे बनाएर देश निकाला गर्ने अधिकार छ ? गल्ति गर्नेलाई कानुनि उपचार गर्ने ठाउँ छैन ? यी प्रश्नहरुको उत्तर कसले दिने ?

जिल्ला महिला तथा बालबालिका कार्यालयका अध्यक्ष शान्ता कुमारी पौडेलले घरेलु हिँसा तथा महिला हिँसा न्यूनीकरण गर्ने नीति अनुसार हाम्रो स्थानीय एक साझेदारको रुपमा आदर्श गृहले बफादारीका साथ काम गरेको बताउदै यस आदर्श गृहले गरेको काम जिल्ला महिला तथा बालबालिका कार्यालयले पनि सामुहिक रुपमा गरेको काम भएको कार्यालयका अध्यक्ष पौडेलले बताएक छन् । पौडेल भनेका छन्- जति खोजे पनि कसैले यसमा अबैधानिक काम भेट्न सक्ने छैन, हरेक कानुनि आधारले बालबालिका आमासंगै बस्न पाउने अधिकार अनुरुप जोयाले दुवै नेपाली सन्तान लिएर गएकी बताउदै गर्दा के नेपाली सन्तानलाई बेबारिसे बनाएर देश निकाला गर्ने अधिकार पौडेललाई छ ? मिना खरेल र संस्थाले जिल्ला महिला तथा बालबालिका कार्यालय चलाउने हो ?  खबर चितवनबाट

,

0 comments

Write Down Your Responses

watch video

loading...