कास्मिरको भारतीय सैनिक क्याम्पमा आतंकवादी हमला, सैनिक अधिकृतको मृत्यु
एजेन्सी / भारत प्रशासित कास्मिरस्थित भारतीय सैनिक क्याम्पमा आइतबार राति आतंकवादीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ। आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बल (बिएसएभ)का एक सैनिक अधिकृत मारिएको भारतीय प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय प्रहरीका सिनियर सुपरीटेन्डेन्ट इम्तियाज अहमदका अनुसार अन्य घाइते तीन सैनिकमध्ये एक जनाको पनि मृत्यु भएको छ। उनका अनुसार आतंकवादीले ग्रिनेट र स्वचालित हतियार फालेका थिए। जसका कारण क्याम्पमा लागेको आगो नियन्त्रणमा लिइसकिएको छ।
आक्रमण गरिएको क्षेत्र कास्मिरस्थित बारामुल्ला सहरबाट ५४ किलोमिटर टाढा पर्छ। रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी क्याम्पमा आतंकवादी हमला भएको जनाएको छ। कास्मिरको भू–भागमा आ–आफ्नो दाबीलाई लिएर भारत पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ। गत सेप्टेम्बर १८ मा १९ जना भारतीय सैनिक आतंकवादीद्वारा मारिएका थिए। भारतले पाकिस्तानी आतंकवादीले आक्रमण गरेको दाबी गरिरहेको छ। सेतोपाटीबाट
0 comments
Write Down Your Responses