पोखरामा बन्द कर्ताको कुटाइबाट २ युवा गम्भिर घाइते घाइतेको अवस्था चिन्ताजनक
पोखरा, साउन २३ । पोखराको न्यूरोडमा युवा संघका कार्यकर्ताको कुटाईवाट मंगलवार दुई युवक गम्भीर घाईते भएको छ ।
बन्दकर्ताको कुटाईवाट तनहुँ बन्दिपुरका लेखवहादुर गुरुङ्ग र धादिङ ज्याम्मु ७ का राजु वयलकोटी घाइते बनेका हुन ।
बन्दकर्ताले विद्यार्थी चढेको सवारीलाई अभद्र ब्यबहार गरिरहँदा त्यसो नगर्न अनुरोध गरेपछि उनीहरुले कुटपीट गरेका घाइतेले बताए ।
ढुंगा र लाठिको प्रहारवाट टाउको र शरीरको विभिन्न भागमा चोट लागेका घाईतेहरुको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।
0 comments
Write Down Your Responses