हत्यारा’ नै उजुरीकर्ता,बोरामा फेला परिन् एलिसा

डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो । अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने ।

एलिसाको परिवार आत्तिएको थियो, लामिछाने दु:खी थिए । युवती हराएको निवेदन आइरहने भएकाले प्रहरीले यो केसलाई पनि खास ठानेन । र, फोटो लिएर खोजीका लागि सर्कुलर गर्छौं भन्दै उनीहरूलाई फिर्ता पठायो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौ।
निवेदन दिएकै दिन एलिसाको मोबाइलबाट उनका बुबालाई फोन आयो । छोरी फेला परिन् भनेर दंग परेर मोबाइल उठाएका उनी झसंग भए । छोरीको फोनबाट एक युवक बोलिरहेको थियो, त्यो पनि हिन्दीमा । उसले छोरी चाहिने भए १ करोड ५० लाख रुपैयाँ फिरौती माग्यो । उनले तत्काल प्रहरी महाशाखामा फोन गरेर यसबारे जानकारी दिए । यसपछि पनि परिवार प्रहरी कार्यालय पुग्यो । यसरी जाँदा हरेक पटक परिवारसँग लामिछानेसँगै हुन्थे ।

बोरामा फेला परिन् एलिसा

कात्तिक २० मा भक्तपुर बोडेको सडक किनारामा बोराभित्र युवतीको शव फेला परेको सूचना आएलगत्तै महाशाखाको टोली घटनास्थल पुग्यो । टाउकोका गम्भीर चोट लागेको अवस्थामा फेला परेको शवको अनुमानित उमेर र हुलिया हराएकी भनिएकी एलिसासँग मिलेपछि महाशाखाले उनको परिवारलाई खबर गर्‍यो ।

खबर आएको तेस्रो दिन अस्पतालमा रहेको शव हेर्न पुगेका एलिसाको परिवारले शवको पहिचान गरे । त्यसको दोस्रो दिन एलिसाको हत्यामा संलग्न रहेको आरोपमा तिनै लामिछाने पक्राउ परे । हत्याको कारण देखियो सम्बन्धमा उब्जिएको शंका ।

अुनसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार ठिमी बस्ने लामिछाने र एलिसा बूढानीलकण्ठमा रहेको रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा काम गर्थे । सँगै काम गर्ने क्रममा यी दुवैबीच प्रेम सम्बन्ध बन्यो । यो कुरा थाहा भए पनि उनी हराएदेखि नै खोजीमा युवतीको परिवारसँगै रहेकाले प्रहरीले तत्काल उनलाई अनुसन्धानको दायरामा नल्याई शंकाको घेरामा मात्रै राखेको थियो ।

‘युवती हराएको दिनदेखि नै उनको खोजीमा खटिएर लामिछानेले प्रहरीलाई छक्याइरहेका थिए,’ महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले भने, ‘उनले जति चलाखी गरे पनि जोगिन भने सकेनन् ।’

शंकाले लियो ज्यान

आचरण ठीक नभएको भन्दै लामिछानेलाई कम्पनीले कामबाट निकालेपछि उनको एलिसासँग खटपट सुरु भएको थियो । यसबीचमा एलिसा अर्का युवकसँग निकट भइन् । आफू बेरोजगार भएपछि एलिसाले अर्कै युवकसँग सम्बन्ध गाँसेको भन्दै उनी मुर्मुरिएका थिए । तर, यसबारे एलिसालाई सोधेका थिएनन्

शेयर गर्नुहोस

,

0 comments

Write Down Your Responses

watch video

loading...