अयोग्य मासु नष्ट र चार फार्मेसी सिलबन्दी

ललितपुर, ६ भदौ । ललितपुर उपमहानगरपालिका–१३ नख्खुस्थित मदन शाहीको भेराइटी कोल्डस्टोरमा आज अनुगमन गर्दा ७८ केजी खान अयोग्य मासु फेला परेको छ ।

आपूर्ति व्यवस्था विभाग, उपभोक्ता हित संरक्षण विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त अनुगमन टोलीले उक्त खान अयोग्य मासु फेला पारेको हो । फेला परेको उक्त परिमाणको मासु नष्ट गर्नुका साथै शाहीले सञ्चालन गरेको स्टोरबाट मासु बिक्री वितरण गर्न समेत रोक लगाएको अनुगमन टोलीका सदस्य एवम् परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी आजै उक्त अनुगमन टोलीले पुल्चोकस्थित रहेको साझा पेट्रोलपम्पमा सञ्चालन भएका दुईवटा नोजलमध्ये एउटा नोजलबाट कहिले कम कहिले बढी तेल फाल्ने गरेकाले एउटा नोजल बन्द गरेको छ ।

यस्तै आइतबार अनुगमन टोलीले लगनखेल क्षेत्रमा सञ्चालित फार्मेसीको अनुगमन पनि गरेको थियो । सो क्रममा अनधिकृतरुपले औषधि विक्री वितरण गरिएको पाइएकाले नरहरि पोलिक्लिनिक, आयुष फार्मेसी, पाटन हाड एन्ड जनरल र एचआरएल एन्ड क्लिनिकमा सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...