संविधान संशोधनमा जोड

काठमाडौँ, ६ भदौ । विभिन्न राजनीतिक दलका नेताले नेपालको संविधानलाई संशोधन गरेर सबैलाई स्वीकार्य हुनेगरी कार्यान्वयन गर्नाको विकल्प नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले संविधान कार्यान्वयन गर्न दलहरु असफल भए देशले फेरि ठूलो दुर्घटना व्यहोर्नुपर्ने औँल्याउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक पर्शुराम तामाङले सबैलाई मान्य हुने संविधान निर्माण गर्न दुई तिहाइ बहुमतले संविधान संशोधन गर्नुपर्ने भएकाले विपक्षी दललाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
नेपाल सद्भावना पार्टीका अनिलकुमार झाले संविधान संशोधन नभएसम्म र मधेसी जनताको माग सम्बोधन नभएसम्म मधेसकेन्द्रित दल सरकारमा जाँदैनन् भन्नुभयो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)ले ल्याउने संविधान संशोधन प्रस्ताव राष्ट्र, देश र जनताका हितमा छ भने एमालेले सहयोग गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले देशमा नयाँ संविधान निर्माणसँगै देशको आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउनेतर्फ सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय राजनीतिमा सहमति जुटेपछि मात्र निर्वाचन तथा संविधान संशोधन तथा सङ्घीयतालाई संस्थागत गर्ने सबै ढोका खुला हुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले नेपालको संविधानलाई सर्वस्वीकार्य गर्नका लागि नै मधेसी जनताको माग सम्बोधन गरी संविधानमा संशोधन गर्नुपरेको बताउँदै यो विषय नै सरकारको प्राथमिकताको विषय हो भन्नुभयो ।

,

0 comments

Write Down Your Responses

watch video

loading...