जिबन-जोया चर्चा गर्ने बिरुद्ध आदर्श गृहलाई जाहेरी हाल्न चितवन सहायक प्रजिअ शर्माको निर्देशन-प्रसासन तत्काल कारबाही गर्न तयार

भाद्र १५, चितवन । चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण शर्मा घिमिरेले जोयालाई फिलिपिन्स पठाउन आदर्श गृहले ठुलो र महान काम गरेको बताउदै त्यसका लागि धन्यवाद दिएको छ ।

जोया र जिबनको घटना सम्बन्धि कुरा राख्दै अधिकारीले भन्नु भएको छ- "विहे दर्ता तथा बच्चाको जन्मदर्ताका अत्यान्त धेरै प्रयास गरेको, तर हाम्रो कानूनी जटिलताकै कारण यो कागजात बन्न सकेन । हाम्रो नेपालको कानूनअनुसार विहे दर्ता गर्न महिला र पुरुष दुवैको मञ्जुरी आबश्यक हुन्छ । जोया र जिबनको घटनामा जोयाको मात्र विबहा दर्ताको लागि जोड भयो, जीवनको भएन । अब प्रश्न उठ्छ जोयालाई उद्दार गर्ने अनि पीडक जीवनलाई कारबाही किन नगर्ने ? अनि सामाजिक सञ्जालमा गरिएका अनर्गल प्रचारका लागि कारबाही प्रक्रियाको कुरा पनि आएका छन् । त्यसका लागि प्रशासन सचेत छ । तपाईंहरु एउटा जाहेरी ल्याउनुहोस् हामी तुरुन्त कारबाही गर्छौं ।"
यहा गम्भीर प्रश्न उठेको छ- जिबन-जोया काण्डमा उनीहरुमाथि गम्भीर अपराध र अन्याय गरेको पुस्टि हुदै गर्दा सहायक प्रमुख जिल्ला अधिकारीले यी प्रश्न को उत्तर पनि प्रस्ट पार्नुपर्ने देखिन्छ- जिबनको नागरकिता थियो कि थिएन ? बसाईसराईको कागजात थियो कि थिएन ? जिबनको बाबा-आमाको नागरिकता थियोकी थिएन ? किन के कारणले २८/२८ दिन जिबनलाई हिरासतमा राखियो ? के जिल्ला प्रससान नगरपालिका भन्दा सानो हो ? त्यत्रो साक्षी प्रमाण हुदा हुदै के कारणले नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता दिएन ? अझै पनि जिबनको पासपोर्ट, नागारिकता, जिबनको आमा-बुबाको नागरिकता त्यिही आदर्श गृह संस्थामा रहेको छ । यसरी अन्य मानिसको नागरिकता, पासपोर्ट राख्ने अधिकार आदर्शलाइ छ ? अब यसभन्दा बढी प्रमाणहरु केके चाहिन्छ ति आबश्यक कागजात बनाउन ? त्यहि प्रससान त्यही प्रहरी कार्यलयको आडमा आदर्श गृहले जिबनमाथि गम्भीर र हुदै नभएको आरोप एबम अफबाह फैलाउदै विश्वभर रहेको लाखौँ नेपालीहरुको ईज्जतमाथि किन खेलवाड गरियो ? किन रास्ट्रको बेइजत गरियो ? के चितवनको जिल्ला प्रसासन हुदैमा नेपालको बुहारी, नेपालको सन्तानलाई बेबारिसे बनाएर देश निकाला गर्ने अधिकार छ ? गल्ति गर्नेलाई कानुनि उपचार गर्ने ठाउँ छैन ? यी प्रश्नहरुको उत्तर कसले दिने ?

जिल्ला महिला तथा बालबालिका कार्यालयका अध्यक्ष शान्ता कुमारी पौडेलले घरेलु हिँसा तथा महिला हिँसा न्यूनीकरण गर्ने नीति अनुसार हाम्रो स्थानीय तहमा एक साझेदारको रुपमा आदर्श गृहले बफादारीका साथ काम गरेको बताउदै यस आदर्श गृहले गरेको सम्पूर्ण काम जिल्ला महिला तथा बालबालिका कार्यालयले पनि सामुहिक रुपमा गरेको काम भएको कार्यालयका अध्यक्ष पौडेलले बताएक छन् । पौडेल भनेका छन्- हामि कहा जति खोजे पनि कसैले यसमा अबैधानिक काम र प्रमाण भेट्न सक्ने छैन, हरेक कानुनि आधारले बालबालिका आमासंगै बस्न पाउने अधिकार अनुरुप जोयाले दुवै नेपाली सन्तान लिएर गएकी बताउदै गर्दा के नेपाली सन्तानलाई बेबारिसे बनाएर देश निकाला गर्ने अधिकार पौडेललाई छ ? मिना खरेल र संस्थाले जिल्ला महिला तथा बालबालिका कार्यालय चलाउने हो या कार्यालयको निगारानीमा संस्था ? नागरिकताबिहिन र नेपाली भन्ने प्रमाण बिहिन भएर देश निकाला गरिरहदा अधिकार पाएको भनेर पौडेलले गर्भ गर्नु कतिको जायज हुन्छ ? र पछिल्लो खबर नेपाल मगर संघ जिल्ला कार्य समिति चितवनका अध्यक्षका अनुसार सुरक्षाको कारण देखाउदै जिबन थापा मगर , आमा पूर्ण माया मगर र मामा कामे मगर बिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको भन्ने बुझिएको छ अब यहाँ प्रश्न उठ्न सक्छ  कि त्यत्रो पुलिस र प्रसासनको पहुँच भएको मिना खरेललाई सामान्य जिबन, जिबनको आमा र मामाबाट के खतरा हुन सक्छ र ? र अर्को कुरा यदि गल्ति छैन भने को देखि र किन डराउने ? कतै चोरको खुट्टा तान भन्दा तर्सिएको होइन ?
जिबन थापा मगरको अत्यान्त महत्वपुर्ण अन्तर्वार्ता भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses

watch video

loading...