पोखराको नालीमा खसेर फिर्के खोलाले बगाउँदा एक महिलाको मृत्यु

पोखरा १६ भदौ  : अत्याधिक बर्षापछि उर्लीएको नालीले बगाएर पोखरामा एक महिलाको मृत्यु भएको छ । बुधवार साझ पोखराको सिद्धार्थचोक स्थित सडक नालिमा खसेर फिर्के खोलाले बगाउदा महिलाको मृत्यु भएको हो ।


प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यका अनुसार नालीमा खसेर दाङ स्थाइ घर भई पोखरा ८ बगालेटोल बस्ने ४८ बर्षिया मिना भन्डारीको मृत्यु भएको हो । बुधवार साझ नालीमा खसेर बेपत्ता भएकी उनको विहिवार विहान शब भेटिएको हो । खोजीको क्रममा उनको शब प्रहरीको क्षेत्रीय गण नजिकै फिर्के खोलामा विहान पौने ७ बजे भेटिएको हो ।

नालीबाट खोलामा पुगेपछि फिर्के खोलाले बगाएर झण्डै तीन किलोमिटर तल फेवाताल नजिकै पुर्याएको प्रहरीले जनाएको छ । उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोखरामा बुधवार साझदेखि भारी बर्षा हुदा सडकमा सवारी सञ्चालनको लागि समेत कठिनाई भएको थियो भने खोलानालामा पनि ठूलो भेल आएको थियो ।

,

0 comments

Write Down Your Responses

watch video

loading...