दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत. (भिडियो सहित ).

टिप्पणी  प्रयास पराजुली ।


प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता बाहिरिदा देशको राजनीतिक संवादमा शुल्यता छाएको छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा खान अपच हुने समस्या भएको भन्दै छ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी ओली स्वास्थ्य उपचारको लागि बैंककमा छन् । दुवै शीर्ष नेता नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने तिव्र दवाव र तनाबमा छन् ।

बाबुको मुख हेर्ने दिन नेपाल टेलिकमको विशेष उपहार

संविधान कार्यान्वयन, संविधान संशोधन, स्थानीय निकायको क्षेत्र निर्धारण लगायका विषयमा दलिय सहमति आवश्यक छ । तर आवश्यक शीर्ष नहुँदा राष्ट्रिय राजनीतिमा शुन्यता छाएको छ । देशको उपचार गर्नुपर्ने बेला शीर्ष नेताको उपचार गर्नुपर्ने भएपछि संविधान कार्यान्वयनप्रति नै ठूलो शकां उप–शकांको बाछिट्टा जन्मिएको छ । राष्ट्रिय मुद्दा र संविधान कार्यान्वयनको लागि गम्भीर भएर लाग्नु पर्ने तीन दल नै विभाजित भएका छन् ।

एक सातादेखि ओली बैंककमा
मृगौला प्रत्यारोपण गरेका एमालेका अध्यक्ष केपी ओलीको नियमित स्वास्थ्य चेकचाज गराइरहनु पर्छ । यस पटक भने ओली कुनै स्वास्थ्यमा कुनै खराबी भएर बैंकक गएका होइनन । स्वास्थ्य चेकअपको लागि यति लामो समय लाग्ने पनि होइन । तर सरकारबाट बाहिरिनु परेको छटपटी भुलाउन र केही दिन घुमफिर गर्नको लागि दुई साता लामो समय लिएर ओली हाल बैंककमा छन् । एक सातादेखि ओली बैंकमा घुमफिर र स्वस्थ्य उपचारको काममा लागेका छन् ।

ओलीको अनुपस्थितिमा तीन दलको बैठकमा विषय प्रवेश हुने गरेपछि सहमति गर्नको लागि ओलीकै खोजी हुने गरेको छ । ओलीले कार्यवहाक अध्यक्ष वामदेव गौतमलाई दिएका छन् । तर अन्तिम निर्णय गर्नको लागि वामदेव पनि ओलीकै बाटो कुर्नु बाहेक अर्को विकल्प नरहेको निष्कर्षमा पुगेका छन् । दोस्रो तहको नेताहरुसँग संवाद हुने गरेपनि सहमतिको आधार तय गर्न नसक्दा प्रधानमन्त्री प्रचण्डले पनि तनाब झेल्दै आएका छन् । तीन दलको बैठकमा ओलीको सहभागीताको लागि अझै एक साता भन्दा बढी समय प्रचण्डले कुर्नुपर्ने छ । राष्ट्रिय मुद्दाहरुमा प्रचण्ड एक्लैले निर्णय गरेर हुने अवस्था छन् ।

ओलीबाट माात्र होइन प्रचण्डलाई देउवाबाट पनि खतरा
राष्ट्रिय मुद्दाहरुमा सहमति जुटाउनको लागि भूमिका खेल्नु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवा खाना अपच हुने समस्या लिएर हाल सिंगापुरमा उपचार गराई रहेका छन् । निर्धारित कार्यक्रम अनुसार देउवा आज (विहिवार) स्वदेश फर्कने कार्यक्रम थियो तर थप फलोअप गर्नुपर्ने भएकाले देउवा अझै तीन दिन सिंगापुर नै बस्ने भएका छन् । एउटा रिपोर्ट आउन समय लाग्ने भएकाले शनिवार मात्र देउवा स्वदेश फर्कने सचिवालयले बताएको छ । देउवा श्रीमती आरजु राणा देउवाको साथ सिंगापुरमा रहेका छन् । गत शुक्रवार पार्टीबाट सरकारमा सहभागी हुने १३ जना मन्त्री छनोट गरेर उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए । देउवाले पार्टीमा कसैलाई पनि कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छैनन् ।

कार्यवहाक नदिएपछि प्रधानमन्त्री प्रचण्डले वरिष्ठ नेताको हैसियतमा तीन दलको बैठकमा रामचन्द्र पौडेललाई बोलाउदै आएका छन् । देउवाको अनुपस्थितिमा सबै ब्रिफ भने उप्रधान एव गृहमन्त्री विमलेन्द्र निधिले दैनिक रुपमा सिंगापुरमा रहेका पार्टी सभापति देउवालाई गर्दै आएका छन् । स्थानीय निकायको क्षेत्र निर्धारणमा कांग्रेसले हाल राज्य पुर्नसंरचना आयोगले सिफारिस गरेको ५ सय ६५ को संख्यालाई दोब्बर बनाउनु पर्ने अडान राखेको छ भने एमालले आयोगले नै सिफारिस गरेको संख्यालाई आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्नुपर्ने बताएको छ । यसबाट स्पष्ट हुन्छ कि देउवाको कारणले प्रचण्डलाई अपठ्यारो पर्ने निश्चित भएको छ । स्थानीय निकायको पुर्नसंरचनमा कांग्रेस र एमालेको जुहारीको कारण देउवाबाटै प्रचण्डलाई बढी खतरा हुने देखिन्छ ।

मोर्चाको दबाब, प्रचण्डलाई सम्झाउनै गाह्रो
प्रचण्ड प्रधानमन्त्री भएको चार साता वितिसकेको छ । प्रधानमन्त्री भएपछि प्रचण्डले एक महिनाभित्र मधेसी मोर्चाको माग पूरा गर्नको लागि सीमाकंन लगायतको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्ने बताएका थिए । सरकार गठन गर्नुपूर्व कांग्रेस एमाओवादी र मधेसी मोर्चा÷संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदामा संविधान संशोधन गर्ने उल्लेख गरिएको छ ।

तीन बुँदे सहमति अनुसार सरकारले सहिद घोषणा, घाइतेहरुको उपचार खर्च र आयोग गठन, झुट्टा मुद्दा फिर्ता लगायतको काम अगाडि बढाएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढन नसक्दा मधेसी मोर्चा प्रचण्डसँग असन्तुष्ट बन्दै गएको छ । यता देउवा पनि विदेश हानिएपछि मोर्चाले थप आशंका व्यक्त गरेको छ । मोर्चाले सहमति गर्ने कांग्रेस माओवादी गम्भीर नभएको निष्कर्ष मोर्चाले निकालेको छ । मोर्चाले अगाडि सादै आएको स्थानीय निकायको पुर्नसंरचनाको काम पनि स्थगित भएको छैन् । अझ प्रचण्डले आयोगलाई आफ्नो काम अगाडि बढाउन निर्देशन दिएपछि मोर्चा रुष्ट बनेको छ । मधेसी मोर्चाले कार्यदल बनाएरै सरकारलाई दबाब दिइरहेको छ । र पनि संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सकेको छैन् । मधेसी मोर्चाका शीर्ष नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन प्रक्रिया किन अगाडि नबढाएको भन्ने प्रश्न गरिरहेका छन् । देउवा र ओली विदेशमा हुँदा प्रचण्डलाई मधेसी मोर्चाको चित्त बुझाउन गाह्रो परेको छ ।

भारत जानु अघि नै संविधान संशोधन
प्रधानमन्त्री प्रचण्डको आगामी भदौ ३० गतेको लागि भारत भ्रमण तय भइसकेको छ । भारत भ्रमण अघि नै प्रचण्डले मधेसवादी दलहरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक संसदमा पठाउने तयारी गरेका छन् । संविधान संशोधनको मस्यौदा निर्माण गर्दा पनि सबै दलहरुको सहमति आवश्यक छ । संविधान संशोधनको प्रक्रियाको बारेमा सत्तारुढ दल कांग्रेस र माओवादी नै धेरै छलफल हुन सकेको छैन् । प्रक्रिया अगाडि बढाउने बेलामा देउवा विदेश लागेपछि प्रचण्डले पर्याप्त छलफल गर्न पाएका छैनन् । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने क्रममा एमाले अध्यक्ष ओलीसँग परामर्श गर्ने तयारीमा प्रचण्ड रहेका छन् । तर ओलीको भ्रमण लामो हुने हुँदा भारत जानु अघि नै प्रक्रिया अगाडि बढाएर जाने गृहकार्यमा प्रचण्ड रहेका छन् ।

भनाभन र ख्याल ठट्टामै वित्छः तीन दलको बैठक
प्रधानमन्त्री प्रचण्ड हरेक दिन गनेर काम गरिरहेका छन् । जनतामा सुधारको आशा सञ्चार गराउनको लागि दैनिक रुपमा निर्देशन दिइरहेका छन् । प्रचण्डको सामु निकै गह्रंगो भारी रहेको छ । संविधान कार्यान्वन गर्नको लागि दलिय सहमति जुटाउनको लागि प्रचण्डले केही दिनयता वालुवाटारमा तीन दलको बैठक बोलाएपनि बैठकमा भनाभन र ख्याल ठट्टामा सीमित हुने गरेको छ ।

कांग्रेस र एमालेका नेताहरुको प्रवृत्तिलेले प्रचण्ड गम्भीर र चिन्नित हुँदै आएका छन् । एमाले निकै आक्रमक रुपमा प्रस्तुत हुँदा सहमति निर्माण गर्नको लागि बस्ने बैठकले थप अविश्वासको वातावरण सृजना गर्दै लगेको छ । प्रचण्डले सहमति निर्माणको लागि बोलाउने बैठक भनाभन र ख्याल ठट्टामा सीमित हुँदै आएको छ । दोस्रो तहका नेताहरुसँग कुनै सहमति हुने नदेखेपछि प्रचण्डले अब देउवा र ओलीकै बाटो कुर्ने भएका छन् ।

,

0 comments

Write Down Your Responses

watch video

loading...