बुद्ध एयरमा फेरी स्याल ठोक्कियो,२२ विमानस्थल बन्द !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ।विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको खबर आजको कान्तिपुरमा छापिएको छ।
कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो। स्याल घटनास्थलमै मरेको थियो।गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।

0 comments
Write Down Your Responses