एयरहोस्टेज श्रीमतीको ‘पर्सनल’ डायरी हेरेपछि श्रीमानले उठाए यस्तो कदम…
हवाईयात्रामा आफ्ना सहकर्मीहरुसँग शारिरिक सम्बन्ध बनाउने एयरहोस्टेजको डायरी सार्वजनिक भएपछि उनी कानूनी लफडामा उल्झिएकी छिन् ।
डेली मेलको खबर अनुसार उक्त घटना होल्याण्डको हो । डच एयरलाइन ट्रान्साभियाकी ४६ वर्षीया एयरहोस्टेजले कम्प्युटरमा लेखिएको डायरीमा सहकर्मीहरुसँग शारिरिक सम्बन्धबारे वर्णन गरेकी थिइन् ।
विवाहित एयरहोस्टेजका श्रीमान्ले उक्त डायरी उनको कम्प्युटरमा भेटेका थिए ।
श्रीमतीको यस्तो प्रकारको डायरी पढेर उनको श्रीमानको रिसको पारो निकै माथि चढ्यो र उनले निकै अचम्म तुल्याइदिने कदम उठाए ।
चार वर्षे सन्तानकी आमाले लेखेको उक्त डायरी पढेपछि उनको श्रीमान रिसले आगो भए, फलस्वरुपः उनले श्रीमतीको उक्त डायरी होल्याण्डको प्रेसलाई सार्वजिनक गरिदिए ।
उक्त डायरीमा ती महिलाले प्लेनमा भएका अरु पुरुषसँग होटलमा गरिएका यौन क्रियाकलापको विस्तृत विवरण भएको बताइएको छ ।
ती श्रीमान्ले उक्त डायरीको प्रत्येक विवरणलाई सार्वजनिक गर्न खोजेको डेली मेलले बताएको छ । यस विषयमा एयरलाइन्ससँग टिप्पणी माग्दा उनीहरुले उक्त डायरीलाई ब्लक गर्नका लागि अदालत धाउने बताए ।
यो विषयमा अदालतले २४ अक्टोबरमा निर्णय गर्ने बताइएको छ ।
स्थानीय मिडियाको दाबी अनुसार यस घटनापछि उक्त एयरलाइन, ती एयसहोस्टेज र अरु कर्मचारीहरुको इज्जत धरापमा छ ।
ट्रान्साभियाकी प्रवक्ता भन्छिन्, ‘हामीले प्रत्येक कुरा निकै गम्भीरतापूर्वक लिएका छौं ।’
‘आन्तरिक अनुसन्धानका अनुसार हाम्रा यात्रुहरुको सुरक्षामाथि कहिले पनि शंका थिएन,’ उनले भनिन् ।
उक्त डच एयरलाइनले आफ्ना कर्मचारीलाई मिडियाबाट टाढै रहन आग्रह गरेको छ ।
0 comments
Write Down Your Responses