पोखरामा यसरी फस्टाउदैँ  यौन व्यवसाय, युवतीहरु पनि बढे
पोखरा । पोखरामा पर्यटकीय नगरीमा खुलेका केही मसाज र रेष्टुराँहरुमा यौन व्यवसाय फस्टाएको छ । भुकम्प पछि यौन व्यवसाय फस्टाएको लेकसाइडका एक रेष्टुराँ ब्यवसायीले न्यूज अभियान डट कमलाई बताए । पर्दा लगाएका क्याबिन रेष्टुरेण्टमा युवती नै राखेर सञ्चालकहरु यौन व्यवसायमा चलाइरहेको उनले बताए ।
कोठा भाडामा लिएर मोवाइलबाट ग्राहक बोलाएर यौन व्यवसाय गदै आएकी हैटौडाकी सोनाम (नाम परिवर्तन)ले यही व्यवसायबाट आम्दानी भएको बताईन् । उनले बाहिरबाट आउने ग्राहकलाई सम्पर्क गरेर यौनधन्दा गर्दै आएकी छिन् ।
रोजगारी पाईदैन अरु के गर्ने छ, हाकाहाकी उनले भनिन्, जीवन जीउनु पर्ने बाध्यताले यो पेशा रोजें । अरु तीन जना युवतीहरुसँग मिलेर उनले व्यवसाय गर्दै आएकी छिन् ।
केही समय अघिसम्म सुस्ताएको यौन व्यवसाय यतिबेला पोखरामा फस्टाएको छ । साना खालका रेष्टुरेन्ट मात्रै हैन नाम चलेका होटलहरुमा यौनधन्दा हुन थालेको छ । प्रहरीले होटल तथा रेष्टुरामा निगरानी कम राख्न थालेपछि यहाँ यौन व्यवसायी फस्टाएको गुनासो सर्वसाधरणको छ ।
यहाँका ४१० रेष्टुरामा २२ हजार महिला कामदार रहेका छन् । आधा भन्दा बढी महिलाहरुले यौन व्यवसाय अंगालेका एचआईभी तथा यौन व्यवसाय महिलाको बारेमा अध्ययन गरेका सिसिएम का केन्द्रि सदस्य दिलिप दोषीले बताए । प्रहरी निगरानी कम हुदाँ यौन व्यवसाय फस्टाएको हो ।
रातीको समयमा यौनधन्दा हुदै आएकोमा केही समय यता दिनदहाडै होटल रेष्टुरा तथा कोठा भाडामा लिएर यौन व्यवसायहुन थालेको छ । उनका अनुसार बिस्थापित भएका १ हजार यौनकर्मी मध्ये आधा भन्दा बढी पुन यही पेशामा फर्किएका छन् ।
यौनव्यवसायमा लाग्नेहरु प्रायः बाहिरबाट यहाँ आउँने अविवाहित युवतीहरु छन् । गरीबी, द्धन्द्ध र भुकम्प पिडित, पारिवारिक अपहेलना र बेरोजगारकै कारण यौन व्यवसायमा लाग्ने महिलाहरु बढेका हो ।
यौन व्यवसाय फस्टाएको छ , राज्यले नियन्त्रण गर्दैन भने रेडलाइट एरिया तोकी दिनुपर्ने सरोकारवालाको भनाई छ ।
यहाँको बाग्लुङ बसपार्क, महेन्द्रंपुल, चिप्लेढुङ्गा, वैदाम, बगालेटोल पार्दि यहाँका बढी यौन व्यवसाय हुने क्षेत्रहरु हुन ।

0 comments
Write Down Your Responses