आफ्नै श्रीमानको कुटाईबाट जीबन गुमाएकी सुनकुमारी नेपालीको भैरहवामा शव यात्रा स्वर्गद्वारी घाटमा सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीले बलिन्द्रधारा आँसु झार्दै बालिकाले दागवत्ती दिइरहेको दृष्य निकै हृदयविदारकभिडियो सहित

आफ्नै श्रीमानको कुटाईबाट जीबन गुमाएकी रोल्पा थवाङ- ८ की सुनकुमारी नेपालीको भैरहवामा शव यात्रासहित अन्त्येष्टि गरिएको छ । भैरहवास्थित स्वर्गद्वारी घाटमा सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपालीले दागवत्ती दिएकी छन् । बलिन्द्रधारा आँसु झार्दै बालिकाले दागवत्ती दिइरहेको दृष्य निकै हृदयविदारक थियो ।
भैरहवाको भिम अस्पतालबाट निकालिएको शवयात्रामा सहभागीहरुले महिला हिंसा अन्त्य गर, दोषीलाई कडा कारवाही गर लगायतका नारा लगाएका थिए । भैरहवाका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको संयोजनमा निकालिएको शव यात्रामा भैरहवावासीको सहभागीता थियो । सुनकुमारीको उपचारमा आर्थिक संकलन अभियानसमेत चलाएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेशसमेत तीन दिनदेखि भैरहवामै थिए र सोमबारको शवयात्रामा पनि सहभागी भए । आर्थिक अभावको कारण मृत्युवरण गरेकी सुनकुमारी नेपाली गत कात्तिक २८ गते भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गत असोज २६ गते श्रीमानको कुटाईबाट घाइते भएकी सुनकुमारी नेपालीको आर्थिक अभावका कारण २३ दिनसम्म पनि प्रभावकारी उपचार भएको थिएन ।
घटनाबारे जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबले सुनकुमारीको सम्पूर्ण उपचार खर्चको जिम्मा लिएपछि सहयोगी हातहरु जुट्दै गएका थिए । त्यसपछि रोल्पा निवासी उपराष्ट्रपति पासाङ पुत्र दिपेशले आफ्नो पहलमा संकलन भएको ३ लाख रुपैयाँ पीडित पक्षलाई हस्तान्तरण गरेका थिए । तर गत शनिबार सुनकुमारीको उपचारकै क्रममा निधन भयो । भिडियो हेर्न तलको बक्समा क्लिक गरि हेर्नुहोला .....

,

0 comments

Write Down Your Responses

watch video

loading...