आपसी झगडाका कारण दम्पत्तीको हत्या २ हप्ता पछि शब् फेला

कार्तिक २५, नुवाकोट। नुवाकोटको लिखु गाविसमा आपसी झगडाका कारण एक बृद्ध दम्पत्तीको बुधबार राति हत्या भएको छ ।


जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षका धनबहादुर तामाङ र उहाँकी श्रीमती ६५ वर्षकी कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कडेलले जानकारी दिनुभयो ।
तामाङ दम्पत्तीको छिमेकी २४ वर्ष रवी तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी रवीलाई प्रहरीले राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ । आपसी झैझगडामा मुक्का र ढुगाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...