३ करोड १७ लाख भन्दा बढि राहत हिनामिना गर्ने एनजीओकर्मी पक्राउ

काठमाडौं, १६ भदौ  : गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा

अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको हो ।

०७० सालमा दर्ता भएको उक्त संस्थाले भूकम्प प्रभावितका नाममा संकलित रकम राहतथ वितरणको किर्ते भर्पाइ बनाएर हिनामिना गरेको पनि खेलेको छ । राहत विरतरणको किर्ते कागजात बनाउन कतिपय जिल्ला प्रशासन र गाविसका कर्मचारीमाथि पनि व्युरोले अनुसन्धान थालेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...